अचेल तिम्रा ति नियमित सन्देशहरू,
किन हो कुन्नि, एकाएक बिराना भए !
खै कुन दोबाटोमा तिम्रा पाइला अल्झिए,
या मोडहरूले अन्तै कतै डोर्याएर गए ?
यहाँभन्दा सुन्दर अर्को बाटो भेट्यौ कि तिमीले?
या गन्तव्य फेरेर आफ्नै संसारमा हरायौ ?
हरेक पल टोलाइरहन्छन् यी आँखा स्क्रिनमा,
तिमी आउने आसमै कति रातहरू बितेर गए !
हुन त अब आशाहरू पनि धुमिल हुन थालेका छन्,
लाग्छ, तिमीले मेरो ठेगाना सधैंका लागि बद्ल्यौ।
तैपनि यो मन कहाँ मान्छ र, अझै पर्खिरहेछ,
समयको यो भिडमा कतै तिम्रो धैर्यता खोजिरहेछ।
खैर! यदि कहिल्यै तिम्रा ति शब्दका लहरहरू,
भुलवश पुरानै गल्ली र मेरै बाटो हुँदै आएभने,
मन लागेमा एकफेर यता पनि सुस्ताएर जानू है,
भनिदिनू— तिम्रो यादमा एउटा बौलाहा अझै पर्खेर बसेको छ।
No comments:
Post a Comment